मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

तेस्रो मिस उर्लाबारी छानिँदै

ratopati.com

उर्लाबारीको होटल ग्रान्डको प्राङ्गणमा चैत्र २८ गते सोमबार साँझ आयोजना हुने नेपाल आइस मिस उर्लाबारीको तेस्रो संस्करणको लागि १७ जना अन्तिम प्रतिस्पर्धी युवतीहरू ताज जित्ने होडमा छन्।

बीस दिन विभिन्न क्षेत्रका विज्ञहरूबाट इपिएस, व्यक्तित्व विकास, फेशन, र्‍याम्प वर्क, सौन्दर्य, पर्यटन, इतिहास सम्बन्धी प्रशिक्षणबाट खारिएका अन्तिम प्रतिस्पर्धीहरूबाट तेस्रो मिस उर्लाबारी २०२२,फर्स्ट रनर अप, सेकेन्ड रनर अपसँगै मिस ट्यालेन्ट, मिस पर्सनालिटी,मिस डिसिप्लिन, मिस बेस्ट वाक, मिस फ्रेन्डशिप, मिस एथलेट, मिस पब्लिक चोइस, मिस फोटोजेनिक लगायतका सब टाइटल अवार्डहरू रहेका छन्। विजेताले पचास हजार नगद, फर्स्ट रनर अपले तिस हजार नगद र सेकेन्ड रनर अपले बिस हजार नगद सँगै विभिन्न पुरस्कारको व्यवस्था गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)