वीरगन्जको क्यासिनोमा प्रहरीको छापा, ५ जना नेपाली पक्राउ
annapurnapost.com · Wed Oct 21 08:35:36 GMT 2026

वीरगन्ज : वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल फिंगर गेमिंग जोन क्यासिनोबाट मंगलबार राति प्रहरीले ५ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा क्यनसिनोमा जुवा खेल्न गएका चार जना नेपाली ग्राहक र एक जना क्यासिनोका कर्मचारी रहेकम छन्। जिल्ला प्रहरी कार्यालय पर्साका निमित्त सूचना अधिकारी विकास राईका अनुसार,उक्त क्यासिनोमा नेपाली नागरिकहरुलाई प्रवेश गराई जुवा खेलाईरहेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले मंगलबार राति उक्त क्यासिनोमा पुगेर छापा मारेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)