मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ठेक्काको पेस्की रकम २० बाट १० प्रतिशत बनाइँदै

ekantipur.com · Sat Nov 13 01:19:00 GMT 2021

काठमाडौँ — सार्वजनिक खरिद ऐन संशोधन हुने भएको छ । केही प्रावधान थप गर्दै खरिद ऐन २०६३ लाई दोस्रो पटक संशोधन गर्न लागिएको हो । २०७७ जेठ १९ मा प्रतिनिधिसभामा पेस भएको खरिद ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक पास नभएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अध्यादेशमार्फत संशोधित ऐन जारी गर्ने तयारी गरेको हो ।

अहिले विधेयकमा भएका केही प्रावधान फेरबदल गरी ऐन संशोधन गर्ने गरी प्रतिवेदन तयार गर्ने काम अन्तिम चरणमा छ । ‘ऐन २०६३ सालपछि परिवर्तन भएको छैन, पहिलो संशोधन २०७३ मा भएको हो,’ सार्वजनिक खरिद अनुगमन कार्यालायका एक कर्मचारीले भने, ‘ऐन संशोधन गर्ने कि र अध्यादेशबाट ल्याउने भन्ने निर्णय प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाटै हुनेछ ।’

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)