स्पेसएक्स र टेस्ला गाभ्ने मस्कको प्रस्ताव
ratopati.com · Wed Oct 21 09:08:06 GMT 2026

काठमाडाैँ। अमेरिकी अर्बपति एलन मस्कले स्पेसएक्स र टेस्ला कम्पनी गाभ्ने प्रस्तावलाई समर्थन गरेका छन्। यसैबिच स्पेसएक्सले जुलाईदेखि सेप्टेम्बरसम्म चार अर्ब ४० करोड अमेरिकी डलर खुद नाफा कमाएको छ। अघिल्लो वर्ष सोही अवधिमा एक अर्ब १० करोड डलर घाटा भएको थियो।
मस्कका अनुसार दुवै कम्पनीका स्वतन्त्र सञ्चालकहरूको विशेष समितिले सम्भावित मर्जरबारे अध्ययन गरिरहेको छ। स्वार्थको द्वन्द्वका कारण आफू छलफलमा सहभागी हुन नसक्ने बताउँदै उनले सम्झौता हुने निश्चित नभएको र टेस्लाका सेयरधनीको व्यापक समर्थन आवश्यक पर्ने उल्लेख गरे।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)