मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

स्पेसएक्स र टेस्ला गाभ्ने प्रस्तावलाई मस्कको समर्थन

hamrakura.com · Wed Oct 21 00:00:00 GMT 2026

काठमाडौँ। अमेरिकी अर्बपति एलन मस्कले स्पेसएक्स र टेस्ला कम्पनी गाभ्ने प्रस्तावलाई समर्थन गरेका छन्। यसैबीच, स्पेसएक्सले जुलाईदेखि सेप्टेम्बरसम्म चार अर्ब ४० करोड अमेरिकी डलर खुद नाफा कमाएको छ। अघिल्लो वर्ष सोही अवधिमा एक अर्ब १० करोड डलर घाटा भएको थियो।

मस्कका अनुसार दुवै कम्पनीका स्वतन्त्र सञ्चालकहरूको विशेष समितिले सम्भावित मर्जरबारे अध्ययन गरिरहेको छ। स्वार्थको द्वन्द्वका कारण आफू छलफलमा सहभागी हुन नसक्ने बताउँदै उनले सम्झौता हुने निश्चित नभएको र टेस्लाका सेयरधनीको व्यापक समर्थन आवश्यक पर्ने उल्लेख गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)