मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

माधव नेपालका लागि ७० वर्षे उमेर हद हटाउने नेकपा एसको तयारी

farakdhar.com · Tue Dec 19 16:44:59 GMT 2023

सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठकले मिति तोकिसकेका जिल्ला अधिवेशन स्थगित गर्ने निर्णय गरेको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सुरु भएको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठक अझै जारी रहेको र पुस ७ गते पुनः बस्ने पार्टीका सचिव जीवनराम श्रेष्ठले बताए । कतिपय जिल्लाहरुले अधिवेशन गर्ने तयारी गरिरहेको र कतिले अधिवेशन तोकिसकेको अवस्था रहेको भन्दै उनले महाधिवेशनलाई केन्द्रित गरेर विधान संशोधनको प्रक्रियामा रहेकाले माघ १४ र १५ गते बस्ने नेकपा एकीकृत समाजवादीको केन्द्रीय परिषद्को बैठकपछि मात्रै तिथि तोक्ने गरी तोकिएका सबै अधिवेशन स्थगित निर्णय गरेको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)