मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राजदूत रेग्मीलाई बेलायती महारानीको बिदाइ सन्देश

ratopati.com

लन्डन । बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीललाई बेलायती महारानी एलिजावेथ द्वीतीयाले बिदाइ गरेकी छन् । बेलायतका लागि एक्काइसौँ राजदूतको रूपमा गत मार्च १ बाट आफ्नो कार्यकाल सम्हाल्दै आएका रेग्मी २४ अक्टुबर आइतबार नेपाल फर्किँदै छन् । राजदूत फर्किन दुई दिन बाँकी रहँदा महारानीको प्रतिनिधिका रूपमा ‘मार्सल अफ डिप्लोम्याटिक कोर्प्स’ विलियम एलिस्टर ह्यारिसन शुक्रबार अपरान्ह दूतावास आएर राजदूत रेग्मीलाई बिदाइ गरेका हुन् ।

त्यसअवसरमा उनले महारानीद्वारा हस्ताक्षर गरिएको उनको तस्बिरसमेत राजदूत रेग्मीलाई उपहारस्वरूप हस्तान्तरण गरे । ‘मार्सल अफ डिप्लोम्याटिक कोर्प्स’ बेलायती महारानीका ‘कूटनीतिक सम्बन्धहरू’ मा महारानीको प्रतिनिधित्व एवम् संयोजन गर्ने उच्च शाही अधिकारी हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)