तराईमा हिउँचितुवा
ekantipur.com · Wed Jan 24 00:33:55 GMT 2024
काठमाडौँ — मंगलबार दिउँसो मोरङको उर्लाबारी नगरपालिका–१, चारघरे बस्ती छेउको बाँसघारीमा स्थानीयले एउटा टाटेपांग्रे जंगली जनावर देखे । नजिकै जंगल जोडिएकाले ‘निगाले चितुवा’ बस्तीमा बालीनाली र मानवीय क्षति पुर्याउन छिरेको हुन सक्ने स्थानीयले अड्कल काटे । धपाउने कोसिस पनि गरे । तर, आफूहरूले पहिले देखेभन्दा फरक लागेपछि र कुनै पनि बेला मानवीय क्षति पुर्याउन सक्ने डरले उनीहरूले स्थानीय प्रहरी कार्यालयमा खबर गरे ।
प्रहरीले नियन्त्रणमा लिने प्रयास गर्दा नसकेपछि मोरङ डिभिजन वन कार्यालयमा खबर गरे । ‘डिभिजनले पनि नियन्त्रण गर्न नसकेर हामीलाई खबर आयो,’ राष्ट्रिय प्रकृति संरक्षण कोष, कोशी संरक्षण केन्द्र प्रमुख वीरेन्द्र गौतमले मंगलबार साँझ कान्तिपुरसँग भने । गौतमका अनुसार केन्द्रमा दिउँसो साढे २ बजेतिर चितुवाजस्तो जनावर देखिएको खबर पुग्यो । खबर पाएको १० मिनेटभित्रै भेटेरिनरी प्राविधिकसहितको टोली घटनास्थलतर्फ हिँड्यो । पौने ५ बजे चारघरे पुगेको टोलीले डार्ट (बेहोस) गरी उद्धार गर्दा ५ बजेको थियो । उद्धार गरेपछि मात्र उक्त जनावर हिउँचितुवा भएको पत्ता लाग्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)