उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण
himalpress.com · Wed Oct 21 09:30:41 GMT 2026

काठमाडौँ- उपराष्ट्रपति रामसहायप्रसाद यादवले बुधबार शुभसाइतमा विजयादशमीको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन्।
उपराष्ट्रपति यादवले उपराष्ट्रपति भवन लैनचौरमा १० बजेर २६ मिनेटको शुभ साइतमा गुरुपुरोहितबाट विजयादशमीको टीका, प्रसाद र जमरा ग्रहण गरेको उपराष्ट्रपतिका प्रेस सल्लाहकार दिनेश यादवले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)