दुई महिनामै २१.५ प्रतिशत घट्यो सेयर
ekantipur.com · Wed Oct 20 00:55:01 GMT 2021
काठमाडौँ — गत भदौ २ मा सेयर कारोबार मापक नेप्से परिसूचक हालसम्मकै उच्च अंक ३ हजार १ सय ९८ मा पुग्यो । त्यसयता घट्दै गएको बजार दुई महिनापछि (कात्तिक २ मा) २ हजार ५ सय १० अंकमा ओर्लिएको छ ।
यस अवधिमा नेप्से उच्च अंकबाट २१.५ प्रतिशत घटिसकेको छ । परिसूचकसँगै दैनिक कारोबार रकममा पनि कमी आएको छ । यसअघि गत साउन ३१ मा २१ अर्ब ६४ करोड रुपैयाँको सेयर किनबेच भएको थियो । हाल ३–४ अर्बमा खुम्चिने गरेको छ । यसअनुसार मंगलबार कुल ३ अर्ब ७८ करोडको कारोबार भयो । दुई महिनाको अवधिमा लगानीकर्ताको सम्पत्तिको मूल्य कुल बजार पुँजीकरण ९ खर्ब रुपैयाँ घटेको छ । यसअघि कुल बजार पुँजीकरण ४४ खर्ब रुपैयाँसम्म पुगेको थियो । पुँजीकरण हाल ३५ खर्बमा खुम्चिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)