मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

तीन महिनामै मनाङ एयरको अर्को हेलिकोप्टर दुर्घटना

ekantipur.com · Sun Oct 15 00:59:35 GMT 2023

काठमाडौँ — सोलुखुम्बुको लोबुचेमा शनिबार भएको हेलिकोप्टर दुर्घटनासँगै २६ वर्ष पुरानो कम्पनी मनाङ एयर जहाजविहीन भएको छ । तीन महिनाअघि मात्रै मनाङकै एयरबस बीथ्री–ई हेलिकोप्टर सोलुखुम्बुको लामजुरामा डरलाग्दो दुर्घटनामा परेको थियो ।

गत असार २६ मा भएको उक्त दुर्घटनामा अनुभवी तथा वरिष्ठ पाइलट चेतबहादुर गुरुङसहित ५ मेक्सिकन पर्यटकको निधन भएको थियो । शनिबारको दुर्घटनामा हेलिकोप्टर कामै नलाग्ने गरी आगोले ध्वस्त भएसँगै मनाङ एयर हेलिकोप्टरविहीन भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)