इङ्ग्लिस प्रिमियर लिग : ब्रेन्टफोर्डले आर्सनललाई २–० ले हरायो
Ujyaaloonline.com · Sat Aug 14 01:16:38 GMT 2021
काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलको उद्घाटन खेलमाा ब्रेन्टफोर्डले आर्सनललाई २–० गोल अन्तरले हराएको छ । गएराति एक बजे भएको खेलमा ब्रेन्टफोर्डले आर्सनलाई २–० गोल अन्तरले हराएको हो ।
ब्रेन्टफोर्डका लागि २२ औँ मिनेटमा सेर्गी कानोस र ७३ औँ मिनेटमा क्रिश्चियन नोगार्डले गोल गरेका हुन् । एलेक्सान्डर लाकाजेटी र पिएर–एमरिकबिना मैदानमा रहेको आर्सनल कमजोर देखिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)