आगामी निर्वाचनमा १० हजार ८८८ मतदान स्थल
gorkhapatraonline.com · Tue Sep 06 01:02:05 GMT 2022
काठमाडौँ, भदौ २१ गते । निर्वाचन आयोगले आगामी चुनावका लागि १० हजार ८८८ मतदान स्थल कायम गरेको छ । स्थानीय चुनावमा १० हजार ७५६ मतदान स्थल रहेका थिए । आयोगले मतदान स्थलको पुनरवलोकन गर्दा गत स्थानीय चुनावको भन्दा आगामी चुनावमा नयाँ १३२ मतदान स्थल थपिएका छन् ।
आयोगले पुनरवलोकन गर्दा गत स्थानीय निर्वाचनका बेला निर्धारण भएका ४०१ मतदान स्थललाई हटाई नयाँ मतदान स्थल निर्धारण गरेको छ । खुला चउर, मन्दिर तथा व्यक्तिगत जग्गामा निर्धारण गरिएका त्यस्ता मतदान स्थललाई हटाई नयाँ कायम गरिएको आयोगले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)