मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गर्मी बढेसँगै खानेपानीको हाहाकार

gorkhapatraonline.com · Fri May 19 06:28:42 GMT 2023

सिन्धुली समाचारदाता

सिन्धुलीमाढी, जेठ ५ गते । कमलामाई नगरपालिका–४, मल्ला गाउँकी तुलसा दाहालको घरको धारामा खानेपानी नआएको दुई साताभन्दा बढी भइसकेको छ । यतिखेर खानेपानीका लागि दैनिक गाग्री बोकेर बिहानभरि गाउँ चहार्नुपर्ने बाध्यता उहाँलाई छ । “गाउँमा जसको घरमा पानी आउँछ, त्यहीँबाट दुई गाग्री खानेपानी ल्याउनु परेको छ । मेरो घरको धारामा त पानी नआएको दुई साताभन्दा बढी भयो । पानी आउँदा पनि धेरै समय आउँदैनथ्यो,” उहाँले भन्नुभयो । यतिखेर गाउँभरि नै खानेपानीको समस्या रहेको उहाँले बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)