८० लाख विद्यार्थीको भविष्यमाथि शिक्षक र सरकारकाे खेलाची, अभिभावक सडकमा आए के हुन्छ ?
barnanmedia.com · Tue Apr 22 22:34:25 GMT 2025

सरकारी स्कुलका शिक्षकको आन्दोलनका कारण साढे पाँच लाख विद्यार्थीले कक्षा १२ को परीक्षा दिन पाएनन्। ११ वैशाखका लागि परीक्षा तय भए पनि शिक्षकहरु सडक आन्दोलनमा रहेकाले परीक्षा नहुने निश्चित नै थियो। तर, राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा भने निजामती कर्मचारी परिचालन गरेरै भए पनि परीक्षा गरिछाड्ने अड्डीमा रहे। तर,कुनै पार नलागेपछि मंगलबार साँझ मात्र परीक्षा स्थगित गरिएको छ। आगामी २१ वैशाखमा तय भएको छ। तर शिक्षक आन्दोलन स्थगित नहुन्जेलसम्म परीक्षा अनिश्चित नै छ। यसले दुर्गमका विद्यार्थी झन मारमा परेका छन्, उनीहरु घर फर्कने कि नफर्कने दोधारमा छन्। परीषाको तयारीमा रहेका अन्य विद्यार्थी पनि मारमा परेका छन्।
यसबाहेक कक्षा १ देखि १० सम्म भर्ना नै सुरु भएको छैन। निजी स्कूलमा भर्ना भएर पढाइ सुरु हुँदा पनि सरकारी स्कूलमा भर्ना रोकिएको छ। एसईईको उत्तरपुस्तिका पनि जाँच्न सुरु भएको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)