मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेस–एमाले विवादमा अल्झिँदा रास्वपालाई लागिसक्यो स्थानीय चुनाव

barnanmedia.com · Wed Aug 19 21:25:00 GMT 2026

त्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो शक्ति स्थानीय चुनावमा केन्द्रित गर्न थालेको छ । सङ्घीय सरकारमा झन्डै दुई–तिहाइ बहुमतको हिस्सा भए पनि प्रदेश र स्थानीय तहमा रास्वपाको उपस्थिति छैन । त्यसैले, आगामी निर्वाचनमार्फत प्रदेश र स्थानीय तहमा समेत आफ्नो प्रभाव विस्तार गर्न रास्वपा लागिपरेको छ ।

पूर्वनिर्धारित समयमै निर्वाचन भए अबको ९ महिनामा स्थानीय चुनाव हुनेछ । रास्वपाले चुनावी नतिजा आफ्नो पक्षमा पार्न अहिल्यैदेखि उम्मेदवार छनोट लगायतका आन्तरिक गृहकार्य सुरु गरिसकेको छ । गत संसदीय निर्वाचनका बेला रास्वपाले आफ्नो चुनावी वाचापत्रमा ‘गैरदलीय स्थानीय सरकार’ को अवधारणा उल्लेख गरेको थियो । तर, अहिले पार्टी सोही अवधारणाविपरीत उम्मेदवार छनोट प्रक्रियामा सक्रिय देखिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)