फुटबल मैदानमा उत्रिँदै मिर्गौला रोगी
livemandu.com · Tue Mar 09 17:08:34 UTC 2021
काठमाडौं । विश्व मिर्गौला दिवसको अवसरमा मिर्गौला रोगीहरु फुटबल मैदानमा उत्रिने भएका छन् । स्वास्थ्य अभियान नेपालको आयोजनामा फागुन २७ गते रोगीहरुलाई समेटेर ‘एघारौं नेपाल प्रत्यारोपण खेलकुद’ कार्यक्रको आयोजना गरिएको हो ।
एन्फा फुटबल मैदान सातदोबाटोमा बिहीबार बिहान साढे ७ बजेदेखि हुने कार्यक्रममा अंग दानसम्बन्धी अन्तर्क्रिया तथा निःशुल्क मिर्गौला परीक्षणको कार्यक्रमसमेत राखिएको छ । मिर्गौला रोगीहरुको मनोबल बढाउने उद्देश्यले मैत्रीपूर्ण फुटबल प्रतियोगिता कार्यक्रम आयोजन गर्न लागिएको अभियान्ता डा. पुकार श्रेष्ठले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (livemandu.com)