शैलुङका सय थुम्का : घुम्नैपर्ने पर्यटकीय गन्तव्य
farakdhar.com · Sat Mar 30 17:23:44 UTC 2024

गायिका कुन्ती मोक्तानको स्वरमा रहेको यो गीत सुन्दा जति कर्णप्रिय र सुमधुर छ । गीत सुन्ने श्रोताका लागि यस गीतमा उल्लेख भएको स्थान शैलुङबारे जान्ने पक्कै इच्छा हुन्छ । हो, शैलुङ त्यस्तै नेपालको एक सुन्दर र मनोरम पर्यटकीय गन्तव्य हो ।
दोलखाको शैलुङस्थित ‘सय थुम्का’ देशकै रमणीय पर्यटकीयस्थलका रूपमा परिचित छ । समुन्द्री सतहबाट करिब तीन हजार चार सय मिटर उचाइमा अवस्थित ‘सय थुम्का’ जिल्लाको दक्षिण, पश्चिममा पर्छ । शैलुङ डाँडा प्रकृतिका हिसाबले मात्रै सुन्दर नभई धार्मिकस्थलका रूपमा पनि प्रसिद्ध छ । यहाँ जनैपूर्णिमा, बालाचतुर्दशी, बाह्रवर्षे मेलाजस्ता चाडपर्वमा दर्शनार्थीको भीड लाग्ने गर्दछ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)