'पैसाका लागि आफ्नै सहकर्मीको गाेली हानी हत्या'
baahrakhari.com · Fri Jul 23 14:12:00 GMT 2021
चितवन । आफ्नै सहकर्मीको हत्या गरेकाे आरोपमा एक जना पक्राउ परेका छन् । भरतपुर महानगरपालिका वडा नम्बर १७ सिमलडाँडामा बिहीबार बिहान मृत भेटिएका नेपाली सेनाका दि फेमस महेन्द्र दल गण, टोखामा कार्यरत हुद्दा भरत गुरुङको हत्या आरोपमा सोही गणका सैनिक जवान चितवनका गंगाधर ढकाल पक्राउ परेका हुन् ।
शुक्रबार जिल्ला प्रहरी कार्यालय चितवनमा पत्रकार सम्मेलन गरी घटनाको विषयमा जानकारी दिएको हो । पैसाका लागि हत्या भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)