मानव सेवा आश्रममा बस्नेलाई एपिएफ अस्पतालले निःशुल्क उपचार गर्ने
setopati.com · Sun Jan 31 16:58:00 UTC 2021
मानव सेवा आश्रममा बस्नेहरूलाई नेपाल एपिएफ अस्पतालले निःशुल्क उपचार गर्ने भएको छ. आइतबार अस्पताल र आश्रमबीच भएको स्वास्थ्य उपचार सम्बन्धी सम्झौताअनुसार आश्रममा बस्नेहरूको निःशुल्क उपचार गरिने भएको हो।
आइतबार सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोकमा भएको एक कार्यक्रममा निःशुल्क उपचार गर्ने सम्बन्धी सम्झौता भएको हो। माघ ९ गते २० औं सशस्त्र प्रहरी दिवस अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले आश्रमका बेसहारा, अशक्त, असहाय एवं अभिभावक विहीनलाई नेपाल एपिएफ अस्पतालमा निःशुल्क उपचार गर्ने घोषणा गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)