मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मटिहानीस्थित लक्ष्मीनारायण मठबाट विजयादशमीको शोभायात्रा निकालियो

nepalviews.com · Wed Oct 21 12:17:51 GMT 2026

महोत्तरी । मटिहानीस्थित ऐतिहासिक लक्ष्मीनारायण मठ (मन्दिर) बाट विजयादशमीको अवसरमा प्रत्येक वर्ष निकालिँदै आएको परम्परागत शोभायात्रा आज विधिवत् रूपमा निकालिएको छ ।

विजयादशमीको पावन अवसरमा बाजागाजासहित भगवान् श्री लक्ष्मीनारायणलाई डोलामा विराजमान गराई मन्दिरबाट निकालिएको शोभायात्राले मटिहानी र भारतको मधवापुर क्षेत्रका विभिन्न भागको परिक्रमा गरेको थियो । धार्मिक आस्था, परम्परा र सांस्कृतिक महत्त्व बोकेको उक्त जात्रामा भक्तजन तथा स्थानीयवासीको सहभागिता रहेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)