ठमेललाई २४सै घण्टा सञ्चालन गरिने
lokaantar.com

काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्यस्थल ठमेललाई २४सै घण्टा सुरक्षित, व्यवस्थित र मर्यादित ढङ्गले सञ्चालन गरिने भएको छ ।
ठमेल पर्यटन विकास परिषद्को नवनिर्वाचित टोलीले बुधबार काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलसँग गरेको भेटमा ठमेललाई २४सै घण्टा पारिवारिक, सुरक्षित र मर्यादित रूपमा सञ्चालन गर्न सहकार्य गर्ने सहमति भएको हो । ठमेल पर्यटन विकास परिषद्का तत्कालीन अध्यक्ष भविश्वर शर्माको पहलमा २०८१ सालमा तत्कालीन गृहमन्त्री रवि लामिछानेले ठमेललाई २४सै घण्टा सञ्चालन भएको घोषणा गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)