२४ घण्टामा १७६० जनामा कोरोना संक्रमण पुष्टि
swasthyakhabar.com · Wed Sep 15 11:25:00 GMT 2021
काठमाडौं - पछिल्लो २४ घण्टामा देशभर एक हजार ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १६ हजार ८४४ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार ७६० जनामा संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य मन्त्रालयका अनुसार १२ हजार ५२४ जनाको पिअिसार परीक्षण गर्दा एक हजार ३३२ र चार हजार ३२० जनाको एन्टीजेन परीक्षण गर्दा ४२८ जनामा संक्रमण पुष्टि भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)