मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बागलुङ नगर खानेपानी तथा उपभोक्ता संस्थामा तालाबन्दी

abhiyandaily.com

बागलुङ । राष्ट्रिय युवा संघ बागलुङ नगर कमिटीले बागलुङ नगर खानेपानी तथा उपभोक्ता संस्थामा तालाबन्दी गरेको छ । बागलुङ नगरपालिकाको बजार क्षेत्रमा खानेपानी वितरणको जिम्मा पाएको संस्थाले नगरवासीलाई शुद्ध खानेपानी नखुवाएको निहुँमा युवा संघले शुक्रवार तालाबन्दी गरेको हो । संस्थाले धमिलो, अशुद्ध र खानयोग्य नभएको पानी वितरण गरेर आम नागरिकको स्वास्थ्य माथि खेलवाड गरेको आरोप संघको छ । शुद्ध खानेपानी खुवाउनुपर्ने माग संघले राखेको नगर कमिटीका अध्यक्ष निकेश अधिकारीले बताए ।

अध्यक्ष अधिकारीको नेतृत्वमा बगलुङ नगर खानेपानी तथा उपभोक्ता संस्थामा पुगेको युवा संघको समूहले संस्थाका प्रबन्धक हिमालप्रसाद शर्मालाई ज्ञापनपत्र बुझाएपछि कार्यकक्षामा तालाबन्दी गरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)