चीन-अष्ट्रेलियाबीच मुद्रा विनिमय सम्झौता थप पाँच वर्ष, सीमा २२० अर्ब युआन
aarthiknews.com

काठमाडौं । चीन र अष्ट्रेलियाबीचको द्विपक्षीय मुद्रा तथा वित्तीय सहकार्य थप विस्तार भएको छ। चीनको केन्द्रीय बैंक पिपुल्स बैंक अफ चाइना (पीबीओसी) र रिजर्भ बैंक अफ अष्ट्रेलिया (आरबीए)ले स्थानीय मुद्रा विनिमय सम्झौता थप पाँच वर्षका लागि नवीकरण गरेका छन्।
नवीकरणसँगै सम्झौताको अधिकतम सीमा पनि बढाइएको छ। पीबीओसीका अनुसार अब दुवै केन्द्रीय बैंकबीचको मुद्रा विनिमय सम्झौताको सीमा २२० अर्ब युआन, अर्थात् करिब ४६ अर्ब अष्ट्रेलियाली डलर पुगेको छ। यसअघि यस्तो सीमा २०० अर्ब युआन अर्थात् करिब ४१ अर्ब अष्ट्रेलियाली डलर थियो।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)