बाँकेको कपासीमा विद्युत् सर्ट भएर आगलागी, सात वटा घर पूर्णरूपमा जले
annapurnapost.com · Wed Oct 21 14:06:17 GMT 2026

काठमाडौं : बाँकेको जानकी गाउँपालिका–६, कपासीस्थित इद्दु खानको घरमा विद्युत् सर्ट भई आगलागी हुँदा सात वटा घर पूर्णरूपमा जलेका छन्।
आगलागीबाट मानवीय तथा चौपायाको क्षति भने नभएको प्रहरीले जनाएको छ। स्थानीय साबिर खान, इद्दु खान, फिरोज खान र जाबिर खानका खरले छाएका एक–एक तले कच्ची घर पूर्णरूपमा जलेका छन्। त्यस्तै, सोही स्थानका जाबेद खान, सरनाम खान र सौरभ खानका टिनले छाएका एक–एक तले कच्ची घर पनि पूर्णरूपमा जलेका छन्। महेश खानको पक्की घरको एउटा झ्यालमा समेत आगलागीबाट क्षति पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)