मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

फ्रान्सपछि ग्रीसमा पनि विद्यार्थी र शिक्षकको विशाल प्रदर्शन

bishowkhabar.com · Wed Oct 21 14:27:28 GMT 2026

काठमाडौं- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र शिक्षा क्षेत्रमा सरकारी लगानी वृद्धि गर्न माग गर्दै ग्रीसको राजधानी एथेन्समा बुधबार हजारौं विद्यार्थी र शिक्षकले प्रदर्शन गरेका छन् ।

युरोपभर बढ्दो महँगीविरुद्ध विरोध प्रदर्शन भइरहेका बेला ग्रीसका अन्य शहरमा पनि विद्यार्थी र शिक्षकले जुलुस निकालेका छन् । उत्तरी सहर थेसालोनिकी र पश्चिमी बन्दरगाह सहर पात्रासमा समेत प्रदर्शन भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)