ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी
reportersnepal.com · Thu Aug 20 01:42:19 GMT 2026

काठमाडौं, भदौ ४ । बाँकेको खजुरा गाउँपालिका–२ एल गाउँकी सिर्जना खत्री विष्टलाई चार वर्षअघि आफ्नो एक बिगाहा खेतमा ताइवानी अम्बा लगाउने निर्णय गर्दा भविष्यको आम्दानीबारे खासै अनुमान थिएन । धान र तोरी फलाउँदै आएको खेतमा सुरु गरिएको अम्बा खेतीले अहिले उनलाई परम्परागत खेतीभन्दा राम्रो आम्दानी दिन थालेको छ ।
“व्यावसायिक रूपमा गरेको अम्बा खेतीबाट एक ‘सिजन’मा करिब रु दुई लाख ५० हजारसम्म आम्दानी हुन्छ,” विष्टले भनिन्। उनका अनुसार अम्बाको वर्षमा दुई सिजन उत्पादन हुन्छ । धान र तोरी खेती गर्दै आएको खेतमा व्यावसायिक अम्बा खेती सुरु गर्दा सुरुमा केही जोखिम लिएजस्तो लागे पनि अहिले आम्दानी राम्रो हुन थालेपछि उनी सन्तुष्ट छिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)