अब ठमेल चौविसै घण्टा खुला हुने
kendrabindu.com · Thu Aug 20 01:50:13 GMT 2026

काठमाडौं । काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्यस्थल ठमेललाई २४ सै घण्टा सुरक्षित, व्यवस्थित र मर्यादित ढङ्गले सञ्चालन गरिने भएको छ। ठमेल पर्यटन विकास परिषद्को नवनिर्वाचित टोलीले आज काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलसँग गरेको भेटमा ठमेललाई २४सै घण्टा पारिवारिक, सुरक्षित र मर्यादित रुपमा सञ्चालन गर्न सहकार्य गर्ने सहमति भएको हो।
ठमेल पर्यटन विकास परिषद्का तत्कालिन अध्यक्ष भविश्वर शर्माको पहलमा २०८१ सालमा तत्कालिन गृहमन्त्री रवि लामिछानेले ठमेललाई २४सै घण्टा सञ्चालन भएको घोषणा गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)