सत्ता गठबन्धन बैठकमा प्रचण्डकाे ब्रिफिङ : ‘ओलीले एमालेलाई राष्ट्रिय सभामा 'जिराे' नबनाउनुस् भन्नुभएकाे छ’
Ujyaaloonline.com · Thu Jan 04 00:04:31 GMT 2024
काठमाण्डाै – सत्तारूढ गठबन्धनकाे बैठकले राष्ट्रिय सभामा एमालेलाई पनि समेटेर जाने विषयमा छलफल भएकाे छ । आज बुधवार बालुवाटारमा बसेकाे बैठकले राष्ट्रिय सभा चुनावकाे सिट बाँडफाँटमा एमालेलाई पनि समेटेर जाने विषयमा छलफल भएकाे हाे ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूहरूलाई राष्ट्रिय सभामा 'जिरो' नबनाउन आग्रह गरेको कुरा प्रस्तुत गर्नुभएको र यसबारेमा एमालेकाे प्रस्ताव आए छलफल गर्न सकिने कुरा पनि भएको नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले जानकारी दिनुभयाे । उहाँले याे विषयमा सत्तारूढ दलहरूबीच कुनै सहमति नभएकाले भोलि बिहीवार बिहान ९ बजे पुनः बैठक बस्ने सहमति गरिएको पनि बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)