मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

बालबालिकालाई दिने खोपमा ढिलाइ गरेर गरिब देशलाई सहयोग गर्न डब्ल्यूएचओको आग्रह

Ujyaaloonline.com · Sat May 15 00:27:42 GMT 2021

काठमाण्डाै – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले बालबालिका तथा किशाेर किशाेरीहरुलाई कोरोना विरुद्धको खोप दिने निर्णय पुनर्विचार गर्न आग्रह गरेको छ ।

डब्ल्यूएचओका निर्देशक टेड्रोस अडनोम गेब्रियसले बालबालिका तथा किशाेररकिशाेरीका लागि खोप दिनुको सट्टा गरिब देशका वयस्क मानिसको लागि सहयोग गर्न धनी देशहरुलाई आग्रह गर्नुभएको छ । उहाँले कोरोना विरुद्धको खोपको वितरण असमान् रहेको भन्दै पहुँच कम भएका मानिसलाई खोप पुर्याउन कोभ्याक्सका लागि आपूर्ति बढाउन आग्रह पनि गर्नुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)