मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

प्रवासी नेपालीको कथामा बन्यो ‘प्रवासी जीवन’

barnanmedia.com · Sat Jan 03 22:25:09 GMT 2026

काठमाडौँ, २० पुसः नेपालबाट आफ्नो उज्जवल भविष्य र स्थायित्वका लागि संयुक्त राज्य अमेरिका पुगेका नेपालीले त्यहाँ गर्नुपर्ने सङ्घर्षसहितको प्रवासी जीवनको कथा बोकेको चलचित्र ‘प्रवासी जीवन’ आगामी फागुन १५ देखि नेपालभर प्रदर्शन हुने भएको छ ।

श्याम क्षेत्री र राम अधिकारीले संयुक्त रूपमा निर्देशन गर्नुभएको उक्त चलचित्रमा अहिनेता राजेश हमाल, सरिता लामिछाने, बुद्धि तामाङ, महादेव त्रिपाठी, एञ्जेला बस्नेत, गगन सुवेदी, लोकेश भित्रीकोटी, दिव्या न्यौपाने, अबिगेल लुहार, प्रासु गिरी, शिखा अधिकारीसँगै स्वयं निर्देशक क्षेत्रीले अभिनय गर्नुभएको छ । प्रवासमा पुग्ने जोकोहीले चलचित्रको कथामा आफू वा आफ्नो समाजलाई पाउने निर्देशक क्षेत्रीले बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)