मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

निष्क्रिय बन्दै दलितका निकाय : आन्दोलनका उपलब्धि गुम्ने चिन्ता

gorkhapatraonline.com · Sun Jun 25 05:58:50 GMT 2023

काठमाडौँ, असार १० गते । दलित समुदायमा प्रत्यक्ष काम गर्ने सरकारी निकाय र संयन्त्रहरू निष्क्रिय बनाएर विघटन गरिँदै छन् । संयन्त्रहरू निष्व्रिmय बनाउने र निकायहरूलाई विघटन गर्ने कामले दलित आन्दोलनबाट प्राप्त हालसम्मका उपलब्धि पनि गुम्ने अवस्थामा पु¥याएको छ । २०५४ सालदेखि दलित समुदायको शिक्षा र आर्थिक विकासका क्षेत्रमा क्रि याशील उपेक्षित, उत्पीडित र दलित वर्ग उत्थान विकास समिति हाल विघटन जस्तै छ । संरचना र कर्मचारी छन् तर बजेट दिइएको छैन ।

आर्थिक वर्ष २०७५/७६ देखि बजेट रोकेर घरभाडा र कर्मचारीको तलब मात्र दिइरहेको तत्कालीन कार्यकारी निर्देशक डा. बुद्धि नेपालीले जानकारी दिनुभयो । समितिले दलित विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्नुका साथै समुदायको उद्यमशीलता विकासमा काम गर्दै आएको थियो । विगतमा वार्षिक छ करोड रुपियाँसम्म बजेट समितिलाई विनियोजन हुन्थ्यो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)