निक्कीका प्रतिनिधि र अर्थसचिव पुष्करबीच भेटवार्ता
abhiyandaily.com
काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की)का प्रतिनिधि र अर्थसचिव कृष्णहरि पुष्करबीच भेटवार्ता भएको छ । संघका अध्यक्ष सृजना राणाको नेतृत्वमा गएको प्रतिनिधि मण्डल र अर्थसचिव पुष्करबीच शुक्रवार अर्थ मन्त्रालयमा भएको भेटवार्तामा नेपालमा भारतीय लगानी प्रवर्द्धन र संघसँग सरकारको सहकार्यको विषयमा छलफल भएको छ ।
सो अवसरमा अध्यक्ष राणाले नेपालको आर्थिक विकासमा भारतीय सहयोग तथा लगानी आकर्षित गर्न संघले निरन्तर सहजकर्ताको भूमिका निर्वाह गर्दै आएको जानकारी गराइन् । नेपालमा भारतीय लगानी भित्र्यााउन संघले नेपाल–भारत लगानी सम्मेलनको योजना बनाएको भन्दै उनले त्यसमा मन्त्रालयको सक्रिय सहभागिता तथा सहयोगका लागि पनि अनुरोध गरिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)