मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वैशाख १५ भित्र सबै विद्यालयमा पुस्तक

gorkhapatraonline.com · Tue Apr 18 00:35:16 GMT 2023

काठमाडौँ, वैशाख ५ गते । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले वैशाख १५ गतेभित्र सबै विद्यालयमा पाठ्यपुस्तक पु-याइसक्ने दाबी गरेको छ। पुस्तक छपाइ तथा वितरणको काम अन्तिम चरणमा पुगिसकेको जनाउँदै केन्द्रले सरकारले भर्ना अभियान सञ्चालन गरेको समयभित्रै विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ।

सोमबार प्रधानमन्त्री कार्यालयबाट अनुगमनमा गएको प्रतिनिधिमण्डललाई केन्द्रले गराएको जानकारीअनुसार हालसम्म ५९ वटा जिल्लामा पाठ्यपुस्तक वितरण गरिसकिएको छ। बाँकी १८ वटा जिल्लाका लागि आवश्यक पर्ने पुस्तक छपाइ र वितरणको कामसँगसँगै भइरहेको केन्द्रका प्रबन्ध सञ्चालक अनिल झाले जानकारी दिनुभयो। उहाँका अनुसार पाठ्यपुस्तक वितरण गर्न बाँकी रहेका जिल्लामा सोलुखुम्बु, धनकुटा, मोरङ, सुनसरी, झापा, सिरहा, सर्लाही, बारा, पर्सा, रुपन्देही, बाँके, बर्दिया, दैलेख, सुर्खेत, डोटी, डडेलधुरा, कञ्चनपुर र कैलाली छन्।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)