ट्रम्पको घरमा बन्दूक बोकेा व्यक्ति प्रवेश, सुरक्षाकर्मीले गोली चलाउँदा ठाउँको ठाउँ मृत्यु
barnanmedia.com · Sun Feb 22 21:45:01 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फ्लोरिडास्थित निजी निवास 'मार-आ-लागो'को सुरक्षा घेरा तोडेर भित्र छिर्न खोज्ने एक व्यक्तिको सुरक्षाकर्मीको गोली लागि मृत्यु भएको छ। शटगन र इन्धनको जर्किनसहित प्रवेश गर्न खोज्ने ती व्यक्तिको प्रतिकारका क्रममा मृत्यु भएको अमेरिकी अधिकारीहरूले पुष्टि गरेका छन्।
अमेरिकी सुरक्षा निकाय 'सीक्रेट सर्भिस'का अनुसार मार-आ-लागोको उत्तरतर्फको गेटबाट एउटा सवारी साधन बाहिर निस्कन लागेको मौका छोपी ती संदिग्ध व्यक्ति भित्र छिरेका थिए। घटनाका बेला राष्ट्रपति ट्रम्प भने आफ्नो साप्ताहिक कार्यतालिका अनुसार वासिङ्टन डीसीस्थित ह्वाइट हाउसमा थिए। त्यहाँ थिएनन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)