वकिललाई न्यायाधीशको प्रश्न- ‘विघटनअघि नयाँ सरकार बनाउने प्रयास किन गरिएन् ?’
ratopati.com
काठमाडौं । प्रतिनिधिसभा विघटनको मुद्दाबारे बुधवारको सुनुवाईमा न्यायाधीश तेजबहादुर केसीले नयाँ सवाल उठाएका छन् । न्यायाधीश केसीले प्रधामन्त्रीको सिफारिस र राष्ट्रपतिले विघटनको सूचना निकाल्नुअघि सरोकारवालाले संसदमा कुनै प्रयास नगरेकोबारे प्रश्न उठाएका हुन् ।
वरिष्ठ अधिवक्ता हरिहर दाहालले बहस गर्दा न्यायाधीश केसीले सोधे– ‘९ बजेर ४५ मिनेट र २ बजेर १५ मिनेटको बीचमा प्रतिनिधिसभाका सदस्य र सभामुखले कुनै प्रयास गर्नुभएन् नि ?’ दाहालले जवाफ दिए– ‘प्रयास भएको छ, नेकपाका प्रमुख सचेतक देव गुरुङको रिटमा सो कुराको क्लेम गरेका छौं ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)