ओलीले गरेका अवैधानिक निर्णय खारेज नगरेसम्म बैठकमा जान सकिदैन: युवराज ज्ञवाली
setopati.com · Sat Mar 13 16:25:00 UTC 2021
एमाले उपाध्यक्ष युवराज ज्ञवालीले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेका एकतर्फी निर्णय खारेज नभएसम्म बैठकमा जान नसकिने बताएका छन्।
सेतोपाटीसँग संक्षिप्त कुरा गर्दै उपाध्यक्ष ज्ञवालीले बालुवाटारमा गुटको भेला गरेर बसेका बैठकको निर्णय सुनाउने बैठकमा जानुको कुनै अर्थ नहुने बताए। ‘यो मेरो व्यक्तिगत धारणा हो। हामीले ४ र ५ गते राष्ट्रिय भेला बोलाएका छौ। त्यो भेलाले निर्णय गर्छ भन्ने हो,’ उनले भने, ‘पार्टीको विधान बिपरित गरिएका निर्णयहरु मान्न सकिदैन। बैठकमा सबैलाई समेटेर लैजाने हो भने ओली गुटले गरेका निर्णय खारेज हुनुपर्छ।’
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)