नोबेलमा दुरविन र नेभिगेशन प्रयोग गरेर मस्तिष्कको शल्यक्रिया
ratopati.com
विराटनगर । नोबेल शिक्षण अस्पतालले दुरविन र नेभिगेशन प्रयोग गरेर मस्तिष्कको शल्यक्रिया गर्ने गरेको छ । अत्याधुनिक उपकरणको प्रयोगमा अग्रणी मानिने नोबेलले स्तरीय उपचारका लागि दुरविन र नेभिगेशन प्रयोग गर्ने गरेको हो ।
दुरविन र नेभिगेशनको माध्यमबाट ब्रेन ट्यूमर, ब्रेन ह्यामरेज, हाइड्रोसिफालस लगायतको अप्रेशन गर्ने गरिएको नोबेलका बरिष्ठ न्यूरो सर्जन डा.प्रकाश काफ्लेले जानकारी दिए । ‘नेभिगेशनको माध्यमबाट समस्या रहेको स्थान सजिलै पत्ता लगाउन सकिन्छ, अनि थोरैै प्वाल पारेर दुरविनको माध्यमबाट भित्र पसेर अप्रेशन गर्न सहज हुन्छ ।’ डा.काफ्ले भन्छन्– ‘यसरी अप्रेशन गर्दा टाउकोको धेरै भाग खोल्नु पर्दैन, सानो भाग खोलेर सजिलै अप्रेशन गर्न सकिन्छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)