मुख्य सामग्रीमा जानुहोस्

समाचार

साहित्य

एकै मञ्चमा सुनिए आठ जिल्लाका कवि

barnanmedia.com · Sat Jan 03 22:38:47 GMT 2026

प्रगतिशील लेखक सङ्घ गण्डकी प्रदेशले शनिबार आठ जिल्लाका आठ कविलाई एकै मञ्चमा उभ्यायो । पोखरामा आयोजित प्रदेशस्तरीय कवि गोष्ठीमा कास्कीका गीता तिवारी, बागलुङका लाल ऋतम्भरा, लमजुङका वासुदेव थापा, तनहुँका युवराज पौडेल, गोरखाका रामप्रसाद खनाल, स्याङ्जाका अनन्त अर्याल, म्याग्दीका प्रकाश अधिकारी र पर्वतका राजकुमार निरञ्जन सुनिए ।

कविहरूले विभिन्न विषय र मुद्दामा प्रगतिशील धारका कविता प्रस्तुत गरे । गोष्ठीमा वाचित कविताले गण्डकी प्रदेशमा प्रगतिशील कविताको भविष्य बलियो रहेको सन्देश दिएको साहित्यकार नारायण मरासिनीले बताउनुभयो । कविताले नेपाली समाजको प्रतिनिधित्वमात्र नभई वर्तमानमा देखिएको परिवर्तनको आकाङ्क्षालाई पनि मुखरित गरेको उहाँको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)