मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

पोर्चुगल र दक्षिण कोरिया विश्वकप फुटबलको नकआउट चरणमा

rajdhanidaily.com · Fri Dec 02 23:24:52 GMT 2022

दोहा । समूह ‘एच’ बाट पोर्चुगल र दक्षिण कोरिया विश्वकप फुटबलको नकआउट चरणमा पुगेका छन् । यही समूहका उरुग्वे र घाना घर फर्केका छन् ।

शुक्रबार राति दक्षिण कोरियासँग २–१ ले पोर्चुगल पराजित भयो । यसअघि नै अन्तिम १६ मा स्थान पक्का गरेको पोर्चुगललाई पराजयको कुनै प्रभाव परेन । ६ अङ्क सहित पोर्चुगल समूह विजेता बन्यो । विजयी दक्षिण कोरिया भने उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)