सर्लाहीको बलरा नगरपालिका पनि सामाजिक सुरक्षा कोषमा आवद्ध
nepalpress.com · Tue Jan 02 16:08:25 GMT 2024
काठमाडौं । मधेश प्रदेशमा सलार्हीको बलरा नगरपालिका पनि सामाजिक सुरक्षा कोषमा आवद्ध भएको छ । सरकारले शुरु गरेको अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगारलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने अभियान अन्र्तगत मंगलबारदेखि बलरा नगरपालिका पनि आवद्ध भएको हो ।
सामाजिक सुरक्षा कोषको कार्यालय काठमाडौंमा मंगलबार कोषका तर्फबाट कार्यकारी निर्देशक कविराज अधिकारी र नगरपालिकाकातर्फबाट नगर प्रमुख रामाशंकर प्रसाद कुशवाहावीच बलरा नगरपालिकामा रहेका अनौपचारिक क्षेत्रका श्रमिकसँगै स्वरोजगार व्यक्तिलाई सामाजिक सुरक्षा योजनामा समेट्नका लागि सम्झौंता पत्रमा हस्ताक्षर भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)