तिहारलाई लक्षित गरी गोदावरी फूूलको प्रदर्शनी
gorkhapatraonline.com · Mon Oct 30 06:17:39 GMT 2023
काठमाडौँ, कात्तिक १३ गते । तिहारलाई लक्षित गरेर आगामी मङ्गलबारदेखि ललितपुरको जावलाखेल मैदानमा १६ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी हुने भएको छ ।
फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) को आयोजनामा पुुष्प व्यवसायको व्यावसायिक विकास तथा प्रवर्धन गर्ने उद्देश्यका साथ मेला हुन लागेको हो । गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी रहेकाले गोदावरी फूलको विविध विधामा प्रतिस्पर्धा गराई पुरस्कृतसमेत गरिने भएको छ । प्रतिस्पर्धा हुने गोदावरीका प्रजातिमा मिनियचर, स्पाइडर, रिफ्लेक्स, इन्कर्भ र गोदावरीका कट फ्लावर रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)