राजनीतिक दलको चुनावी प्रतिबद्धतामा जलवायु परिवर्तनका मुद्दा
barnanmedia.com · Sun Feb 22 23:02:47 GMT 2026

काठमाडौँ, ११ फागुन : प्रमुख राजनीतिक दलले जलवायु परिवर्तनको मुद्दालाई आफ्नो घोषणापत्रमा महत्वका साथ समावेश गरेका छन् । जलवायु परिवर्तनका कारण मुलुकले ठूला समस्या भोग्नु परेको तथा जनजीवन समेत प्रभावित हुन थालेपछि यसपटक विशेष रुपमै यस विषयलाई प्राथमिकतामा राखेका हुन् ।
जलवायु परिवर्तन हुनुमा नेपालको भूमिका कम भएपनि प्रभावका हिसाबले जोखिमयुक्त देशका रुपमा रहेको, हिमाली क्षेत्रमा प्रत्यक्ष रुपमा समस्या देखिन थालेकाले पनि राजनीतिक दलले यस विषयलाई नीतिगत रुपमा प्राथमिकतामा राखेका हुन् । नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टीले प्रष्ट रुपमा जलवायु परिवर्तनका मुद्दालाई आफ्नो घोषणापत्रमा समावेश गरेका छन् । अन्य राजनीतिक दलले पनि यस विषयलाई आफ्नो घोषणापत्रमा समावेश गरेर यो विषय साझा हो भन्नेमा स्पष्ट पारेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)