रमेश विकलको जन्मजयन्तीमा बालप्रतिभा पुरस्कृत
baahrakhari.com · Fri Nov 05 16:50:00 GMT 2021
काठमाडौं । प्रसिद्ध आख्यानकार तथा बालसाहित्यकार रमेश विकलको ९४औँ जन्मजयन्तीका अवसरमा रमेश विकल साहित्य प्रतिष्ठान तथा अभिनव साहित्य समाजद्वारा संयुक्त रूपमा आयोजित कविता प्रतियोगिताका विजयी बालप्रतिभाहरूलाई एक समारोहबीच नगद पुरस्कारसहित सम्मानित गरिएको छ ।
शुक्रबार सम्पन्न कार्यक्रममा प्रतियोगितामा प्रथम हुने प्रविज्ञा नेपाल, दोस्रो र तेस्रो हुने विभूति अधिकारी तथा समर्पण न्यौपानेलाई प्रमाणपत्र र नगद राशि प्रदान गरिएको थियो । कार्यक्रममा दिलासा तिवारी र बन्दना जैसवाललाई सान्त्वना पुरस्कार प्रदान गरियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)