मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

चुनावी गीत ‘जो आए पनि आयौ तर देश बनाऔँ…’ सार्वजनिक

rajdhanidaily.com · Sun Feb 22 23:17:43 GMT 2026

काठमाडौं । यही २१ फागुनमा हुन लागेको संसदीय निर्वाचनलाई लक्षित गरेर अहिले विभिन्न राजनीतिक पार्टीहरुका चुनावी गीतहरु बजारमा आएका छन् । तर राजनीतिक पार्टी भन्दा पनि जनतालाई लक्षित गरेर गीतहरु धेरै आएका छैनन् । यसै क्रममा गायक तथा संगीतकार रायन बस्यालले जनतालाई लक्षित गरेर नयाँ चुनावी गीत ‘जो आए पनि आयौ तर देश बनाऔँ…’को भिडियो सार्वजनिक गरेका छन् । यो भिडियोलाई रायन बस्यालको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

गीतको रचना रायनले नै गरेका हुन् । गीतमा रायनलाई समूह गायनमा रेश्मा तामाङ, विमय बस्याल, सुस्मा विश्वकर्मा, नारायण राई, हुमेश भण्डारी र मिलन विश्वकर्माले साथ दिएका छन् । जसमा संगीत र स्वर पनि रायनकै रहेको छ । विश्वास नेपालले संगीत संयोजन गरेको यो गीतलाई विनोद परियारले मिक्सिङ र मास्टरिङ गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)