मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

भूकम्पबाट भत्किएका स्वास्थ्य संस्था र विद्यालय निर्माणको तयारी

barnanmedia.com · Sat Jan 03 22:42:33 GMT 2026

कर्णाली प्रदेश भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले जाजरकोटका २६ विद्यालय र स्वास्थ्य संस्था निर्माण गर्ने निर्णय गरेको छ । स्थानीय तहको सिफारिसमा भौतिक संरचना प्रदेश सरकारले बनाउन लागेको हो ।

भूकम्पबाट भत्किएका स्वास्थ्य संस्था र विद्यालय निर्माण गर्न रु १२ करोड ७० लाख रकम दिने निर्णय भएको पूर्वाधार विकास महाशाखाका सिनियर डिभिजनल इन्जिनियर प्रेमबहादुर ओलीले जानकारी दिनुभयो । चालु आर्थिक वर्षभित्र निर्माण गर्ने उद्देश्यका साथ २१ विद्यालय र पाँच स्वास्थ्य भवन निर्माण गर्न बजेट उपलब्ध भएको उहाँले जानकारी दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)