घट्दो जनसंख्याको चिन्ता
rajdhanidaily.com · Mon Jul 12 23:49:56 GMT 2021
सन् १९८९ बाट हरेक वर्ष विश्वभरिका जनसंख्याका मुद्दालाई सम्बोधन गर्ने हेतुले विश्व जनसंख्या दिवस हरेक वर्ष जुलाई महिनाको ११ तारेखका दिन मनाउन थालिएको हो । रोचक कुरा त के छ भने सन् १९८७ को जुलाई ११ तारिखका दिन विश्वको जनसंख्या करिब ५ अर्ब पुगेको अवसरमा भएको पपुलेसन समिटले यो दिवस मनाउने घोषणा गरेको हो । मूलतः नेपाल, भारत र बंलादेशमा भने पपुलेसन बोनस भएको मानिन्छ । यसको अर्थ क्रियाशील जनंसख्या अर्थात् १६ देखि ४९ सम्मका जनसंख्या कुल जनसंख्याको ६० प्रतिशत बढी हुनु हो । यी जनस्रोतलाई राम्ररी प्रयोग गर्नसके विकास पर छैन । तर, दुर्भाग्य नेपाली जनशक्तिको पसिना स्वदेशभन्दा विदेशमा चुहिरहेको छ । यसमा दोष प्रवासमा रोजगारी खोज्दै जानेहरूको भन्दा पनि जानैपर्ने बाध्यता सिर्जना गर्नेहरूको हो । फलतः मुलुकको कुरा गर्ने हो भने कुल भूभागको ८३ प्रतिशत क्षेत्र ओगटेको हिमाल ५८ प्रतिशत र पहाडमा २५ प्रतिशत ७० वर्षअघिसम्म करिब दुई तिहाइ मानिस बसोबास गर्थे भने सन् २०११ को राष्ट्रिय जनगणनासम्म आइपुग्दा हिमाल र पहाडको जनसंख्याको हिस्सा १५.१ प्रतिशतले घटेर ४९.७ प्रतिशतमा आइपुगेको छ ।
प्रत्येकजसो जनगणनामा हिमाल र पहाडको जनसंख्याको हिस्सा घटेको भए पनि त्यहाँ जनसंख्याको वार्षिक वृद्धिदर भने धनात्मक नै थियो । यसर्थ अर्कोतर्फ हेर्ने हो भने बसाइँसराइले गर्दा तराई, राजधानी काठमाडौं र पोखराजस्ता सहरमा तीव्र र अव्यवस्थित सहरीकरणसँगै शिक्षा, स्वास्थ्य, सुरक्षाजस्ता आधारभूत सेवा प्रवाहका साथै ढल, खानेपानी, फोहोरमैला व्यवस्थापन र पूर्वाधार विकासमा जटिलता र चुनौती पनि बढ्दै गइरहेका छन् । यसको साथसाथै हिमाल र पहाडी जिल्लामा घट्दो जनसंख्यासँगै यसले पार्ने जनसांख्यिकीयलगायत अन्य सामाजिक, आर्थिक, भौतिक र वातावरणीय प्रभाव क्रमशः देखिन थालेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)