विपरजाेय चक्रवातले मनसुन प्रणालीमा कस्तो असर पर्यो ?
ratopati.com · Sat Jun 17 05:55:00 GMT 2023
काठमाडौँ । विपरजोय चक्रवातपछि आएको तीव्र हावाका कारण आइतबार उत्तर प्रदेश र मध्य प्रदेशमा पानी पर्ने भारतीय मौसमविद्ले बताएका छन् ।
पछिल्ला केही दिनदेखि यी क्षेत्रहरूमा दिनको तापक्रम निकै उच्च रहेको छ। समाचार एजेन्सी पीटीआईका अनुसार मौसमविद्हरूले आँधीपछिको तेज हावाले मनसुनलाई अगाडि बढाउन मद्दत गर्ने बताएका छन्। बंगालको खाडीमा हावा नहुँदा त्यहाँको मनसुनको प्रगति सुस्त भएको छ । यो चक्रवातले दक्षिणपश्चिम मनसुनी हावालाई पनि असर गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)