मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

यमनमा पानीको हाहाकार, जलवायु परिवर्तनसँगै बढ्दो तापक्रमले थप समस्या

Ujyaaloonline.com · Sun Jun 18 00:25:48 GMT 2023

द्वन्द्वग्रस्त देश यमनमा पानीको हाहाकार भएको छ । यमन सन् २०१५ मा इरान समर्थित हुथी विद्रोही र अपदस्थ सरकारलाई समर्थन गर्ने साउदी अरब नेतृत्वको गठबन्धनबीच द्वन्द्व सुरु हुनुअघि नै विश्वको सबैभन्दा धेरै पानीको अभाव भएको देशको सूचीमा रहेको थियो ।

युद्ध र जलवायु परिवर्तनको विकराल अवस्थाले त्यहाँ पानीको समस्यालाई थप बढाएको छ । युद्धका कारण महटत्त्वपूर्ण पूर्वाधारमा क्षति पुगेको छ भने बढ्दो तापक्रमका कारण पानीको आपूर्तिमा निक्कै असर परेको छ । संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ) का अनुसार यमनको भूमिगत जलमा दोब्बर दरमा ह्रास भैरहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)